बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी



काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान ९ बजेबाट सुरु भएको हो । आजको बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर कुराकानी गरेका थिए ।


प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।