काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि बैठकमा सहभागी छन् । नेताहरूबिच आइतबार राति नै मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको थियो । आइतबार बालुवाटारमा राति अबेरसम्म चलेको बैठकमा एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका थिए ।