बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ।

सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।


सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।