प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजेदेखि बस्ने गरी तय भएको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन्।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र
महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/०८०)पेश गर्ने कार्यसूची रहेको छ ।