प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई रास्वपाको ह्वीप



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई मत दिन ह्विप जारी गरेको हो ।

बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । रास्वपाका २१ सांसद रहेका छन् ।


प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको नयाँ गठबन्धन बनाएपछि नयाँ गठबन्धनमा रास्वपा पनि सामेल भएको छ। नयाँ गठबन्धनबाट बनेको मन्त्रिपरिषद्मा रास्वपाले चार मन्त्रालयका साथ सरकारमा सहभागी छ।