प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै यही फागुन ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन् ।


नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।