प्रतिनिधिसभामा कांग्रेसको अवरोध, रविलाई गृहमन्त्री नमान्ने अडान



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।

प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।


कांग्रेस सांसदहरू उठेर संसद्मा अवरोध गरिरहँदा सभामुख देवराज घिमिरले प्रधानमन्त्रीबाट जवाफ आउने बताउँदै बैठक अघि बढाउन आग्रह गरे।

तर कांग्रेस सांसदहरू उभिएर संसद्मा अवरोध जारी राखेका छन्। उता कांग्रेसको उक्त कदमलाई लिएर सत्तारुढ नेकपा माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका छन्। कांग्रेस सांसदको अवरोध पनि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।