पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु



गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका-२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।


प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पे्रमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।