पोखरा लेखनाथमा बस दुर्घटना, चालक घाइते



कास्की । कास्कीमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् । पोखरा २८ स्थित अर्चलेमा फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको बताइएको छ ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको उक्त बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् । दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।