पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु



पाल्पा । पाल्पामा​ अचानक आएको हावाहुरीले भाँचेको रुखले किच्दा प्रतीक्षालयमा ओत लागेर बासेका एक जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत जरे पिपल भन्ने ठाउँमा सल्लाको रुख ढलेर च्यापिएपछि लु८१प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका अन्दाजी २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले इकागजलाई बताए । 


उनका अनुसार स्कुटर चालक सोही स्थानका प्रमथ शाही घाइते भएका छन् । उनको प्रवास मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए ।

हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एक मोटरसाइकल पनि पल्टिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।