नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । बुधबार बसेको पार्टी सचिवाल बैठकले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको हो । 

बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले विज्ञप्ति जारी गर्दै व्यक्ति भन्दा पनि पार्टी नीतिलाई हेर्ने भएकोले प्रधानमन्त्रीको विश्वासको मतदानमा विपक्षीमा मतदान गर्ने बताएका हुन् । प्रधानमन्त्रीमाथिको विश्वासका मत दिने निर्णय भएका पार्टीहरु र नेकपा माओवादी केन्द्रकोवीचमा नीतिगत रुपमा खासै भिन्नता नभएको विज्ञप्तिमा जनाइएको छ ।


नेमकिपा हालसम्म कुनै पनि दलको सरकारमा सामेल भएको छैन । सरकारमा गएका पार्टीहरुलाई उसले नीति तथा कार्यक्रमको आधारमा समर्थन र विरोध गर्नै काम गर्दै आएको छ ।