नेपाल-भारत विद्युत् आयात सम्झौता नवीकरण



काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता नविकरण भएको छ । भारतले वार्षिक रूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको हो ।

आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न नेपालले अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।


ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको हो ।आन्तरिक माग पूरा गर्नका लागि नेपालले भारतबाट करिब ६०० मेगावाट आयात गरिरहेको छ ।

अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।