नेपालले पिएनजीलाई दियो १९९ रनको लक्ष्य



काठमाडौँ । नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १९८ रन बनाएको हो ।


नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए ।

त्यस्तै बिनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, बिबेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए ।

त्यस्तै पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए ।