नेतन्याहूलाई इजरायलको रक्षा गर्ने अधिकार छः बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली राष्ट्रपति बेन्यामिन नेतन्याहूले गाजामा जारी युद्धप्रति देखाएको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा बढी क्षति पुर्याइरहेको बताएका छन् ।

गाजाको मानवीय सङ्कट झनै विकराल बन्दै गएको र यसले अमेरिकी संसद्मा राष्ट्रपतिको विपक्षमा कडा विरोध भइरहेको समयमा वाइडेनले दक्षिणी गाजाको रफामा इजरायलको आक्रमणको चेतावनीबारे विरोधाभासी टिप्पणी आएको होे ।


“नेतन्याहूलाई इजरायलको रक्षा गर्ने अधिकार छ, हमासलाई पछ्याइरहने अधिकार छ”, बाइडेनले भने, “तर उहाँ (नेतन्याहू) ले चालेका कदमका कारण निर्दोष मानिसको ज्यान नजानेतर्फ बढी ध्यान दिनुपर्छ ।” “मेरो विचारमा उहाँले इजरायललाई सहयोग गर्नुभन्दा पनि बढी चोट पुर्याइरहनुभएको छ,” उनले भने ।

रफाको २४ लाख बासिन्दामध्ये करिब १५ लाख अहिले गाजामा सुरक्षाका लागि पुगेका विस्थापित प्यालेष्टिनी नागरिक रहेका छन् । यस क्षेत्रमा हुने आक्रमणले ठूलो मानवीय जोखिम निम्त्याउन सक्ने भन्दै रफामा इजरायलको सम्भावित आक्रमणको बारेमा बाइडेनको अस्पष्ट देखिँदै आएका छन् ।

“यो खतराको रेखा हो”, बाइडेनले भने, “म इजरायलको पक्ष कहिल्यै छोड्ने छैन । इजरायलको प्रतिरक्षा अझै पनि महत्वपूर्ण छ ।”  बाइडेनले बिहीबार स्टेट अफ द युनियनको सम्बोधनपछि नेतन्याहूलाई गाजा युद्धबारे छलफल गरेर अघि बढ्नुपर्ने भन्दै इजरायली प्रधानमन्त्री नेतन्याहूलाई वासिङ्टन भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।

अक्टोबर ७ मा हमासले सीमापार गरेको आक्रमणमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाइएको थियो । बदलामा इजरायलले गाजामा निरन्तर हवाई आक्रमण गरिरहेको छ ।

हमास नियन्त्रित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ३१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको र मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका प्यालेष्टिनी स्रोतले जनाएको छ ।