धरान । सुनसरीको धरान उपमहानरपालिका–१८ मा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको सनाखत भएको छ । बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक युवतीको शव भेटिएको थियो ।
उक्त शव धरान– १६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार बुधबार साँझ नै अभिभावक आएर शवको सनाखत गरेका छन् । युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
श्रेष्ठ धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको हत्या कसले र किन गर्यो भन्ने विषयमा तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।