काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार काठमाडौंमा आयोजना गरेको १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । उनीहरूले अवार्डसहित जनही एक लाख रुपैयाँ प्राप्त गरे ।
त्यस्तै पौडीकी डुवाना लामा महिला तथा राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतर्फ प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए ।
यसैगरी नवौं राष्ट्रि खेलकुदमा समावेश ३६ खेलबाट समान एक जनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।