दिव्य शान्ति सहकारीका अध्यक्ष कृष्ण महर्जन पक्राउ



काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

पटक–पटक बचत फिर्ताको लागि सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा पनि फिर्ता नगरेका महर्जन कार्यालय बन्द गरेर फरार भएका थिए । उनलाई काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।