त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल र पीएनजीबिच आज उपाधि भिडन्त



काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि शुरु हुने छ । 

यस अघि सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलआमा पुगेको थियो ।


सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

यस फाइनल अघि आज बिहान ६: ४५ बजेदेखि नै तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दै छ ।