काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १४ जनालाई पक्राउ गर्न माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
कास्कीबाट काठमाडौँ आएका सहकारीका ७ जना पीडित बचतकर्ताले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न र बचत फिर्ताको वातावरण बनाईदिन माग गर्दै उजुरी हालेका हुन् ।
बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धाबाट किटान गरेका व्यक्तिलाई कारबाही माग गरेका हुन् ।
जीबी राईसहितलाई पक्राउ गर्न सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म जारी भइसकेको छ । तर, हालसम्म पनि सहकारी हिनामिनामा संलग्न १४ जना पक्राउ पर्न सकेका छैनन् ।