जर्मनीद्वारा हरित उद्योगका लागि प्रमुख अनुदान योजना सुरु



जर्मनीले ‘नवप्रवर्तनशील’ मल्टी–बिलियन–युरो अनुदान योजना सुरु गरेको छ । यसको उद्देश्य युरोपको शीर्ष अर्थतन्त्रमा औद्योगिक उत्पादनलाई थप जलवायु अनुकूल बनाउने टर्बोचार्जिङ लगानी गर्नु हो ।

ऊर्जामन्त्री रोबर्ट ह्याबेकले कार्यक्रमको पहिलो चरणमा चार अर्ब युरोको लगानी गरिने जानकारी दिए । यसमा ग्लास, स्टिल र कागज बनाउनेजस्ता ऊर्जा–गहन क्षेत्रका कम्पनीहरूलाई उत्सर्जन कटौती गर्न हरित प्रविधि परियोजनाको प्रस्ताव प्रस्तुत गर्न आमन्त्रण गरिनेछ ।


उनले उक्त योजनालाई ‘अभिनव र नयाँ उपकरण’ भएको बताए । उनका अनुसार यसले निष्क्रियतालाई कम गर्छ, प्राविधिक आविष्कारलाई प्रवर्द्धन गर्छ र जर्मनीलाई आफ्नो जलवायु लक्ष्यहरूमा पुग्न सहयोग गर्छ । उनले ‘जलवायु संरक्षण सम्झौता’ १५ वर्षसम्म चल्ने जानकारी दिँदै सबैभन्दा कम लागतमा आफ्नो उत्पादन प्रक्रियालाई डिकार्बोनाइज गर्नसक्ने कम्पनीहरूलाई सरकारले अनुदान दिने बताए ।