कुवेतमा एउटा कारको ठक्करबाट ३ जना नेपालीको मृत्यु



काठमाडौं । कुवेतमा एउटा कारको ठक्करबाट ३ जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।

काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको दुर्घटनामा मृत्यु भएको बताइएको छ । नेपाली दूतावास कुवेत मृतकहरूको शव नेपाल पठाउनका लागि मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा छ ।


शवलाई फरेन्सिक जाँचका लागि पठाइएको छ र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कुवेती मिडियाको समाचारमा उल्लेख छ ।