कांग्रेस सांसदलाई आईजीपीको जवाफ: सहकारी ठगीमा गृहमन्त्री लामिछानेको कुनै संलग्नता भेटिएन



काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कुनैपनि संलग्नता नभेटिएको जवाफ दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै आईजीपी कुँवरले लामिछानेको सहकारी ठगीमा कुनै पनि तथ्यगत प्रमाण फेला नपरेको बताएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसका सांसदहरु दीलेन्द्रप्रसाद बडू, हृदयराम थानीलगायतले सहकारी ठगीमा गृहमन्त्री जोडिएको विषय उठाएका थिए ।


जवाफ दिने क्रममा आईजीपी कुँवरले भने, ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’

उनले गृहमन्त्रीतर्फ हेर्दै भने, ‘अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’