एमाले सचिवालय बैठक : माओवादीले गठबन्धन टुटाए सहकार्य गर्न एमाले तयार



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ । ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्‍यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीलाई भने, ‘ सत्ता गठबन्धनमा सङ्कट बढेको छ केही नयाँ घटना विकास हुने सङ्केत देखिएको छ ।’


तर उनले नयाँ राजनीतिक समीकरण बन्ने नबन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातमा रहेको बताए ।