एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा अहिले बिहान ९ बजे बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ । सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलोपटक पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।