एकीकृत समाजवादीको सचिवालय बैठक जारी, प्रचण्ड सरकारको भविष्य निर्धारण हुने



काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकले नेकपा एमालेसहितको नवगठबन्धनमा सामेल हुने नहुने निर्णय गर्नेछ । एकीकृत समाजवादी अहिले पर्ख र हेरको अवस्थामा रहेको छ ।

पार्टीभित्र यो सरकारमा हभागी हुनुपर्ने बलियो मत रहेको छ । तर, निर्णय भने भईसकेको छैन् । सत्ता गठबन्धन परिवर्तन गर्दा प्रचण्डले आफूलाई कुनैपनि भाउ नदिएको भन्दै माधव नेपाल रुष्ट बनेका छन् ।


नेपाल रुष्ट बनेको थाहा पाएपछि प्रचण्डले सोमबार नै माधव नेपालसँग भेटवार्ता गरेका थिए । उक्त भेटले पनि नेपाल फक्नि नमानेपछि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए । उक्त छलफल सकरात्मक रहेको दाबी गरेका छन् ।

आज बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भेटवार्ता गरेका थिए । प्रचण्ड सरकारलाई बहुमत पुर्‍याउन रोक्न आज विपक्षी गठबन्धनको प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवा पनि नेपाल निवास कोटेश्वरमा पुगेका थिए । अहिले नेकपा एसलाई दुवै तर्फको नेताहरूको तानातानमा परेको छ ।