उत्तरी चीन भूमि बन्दरगाहद्वारा १५ हजार चीन–युरोप मालवाहक रेल सञ्चालन



उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको इरेनहोटको सीमा बन्दरगाहबाट शनिबार बिहानसम्म १५ हजार चीन–युरोप मालवाहक रेल सञ्चालन भएको अधिकारीहरूले जानकारी दिएका छन्।

एरेनहोट पोर्ट चीन र मङ्गोलिया बीचको सबैभन्दा ठूलो भूमि बन्दरगाह हो। यस बन्दरगाहबाट चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालित छन् । यहाँबाट चीनका तियानजिन, आन्हुई, हुनान र सिचुआन लगायतका १० भन्दा बढी प्रान्त, क्षेत्र र नगरपालिकाबाट शुरु भई जर्मनी, पोल्याण्ड जस्ता १० वटाभन्दा बढी देशहरूमा ५० भन्दा बढी गन्तव्यसम्म सञ्जाल जोडिएको छ ।


एरेनहोट बन्दरगाह हुँदै चीन–युरोप मालवाहक रेलहरूले ढुवानी गर्ने सामानहरूमा जुत्ता, कपडा, मेकानिकल र विद्युतीय उत्पादनका सामग्री लगायत सवारी साधनका पार्टपुर्जाहरू समावेश छन्।