इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ । आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ र बझाङ–१ (क) मा माओवादीले आफ्नै उम्मेदवार उठाउन लागेको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार आज (बुधबार) बसेको पार्टी पदाधिकारी बैठकले दुवै ठाउँमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।


सत्तारुढ गठबन्धन दलहरु माओवादी, एकीकृत समाजवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा चलेको थियो । एमालेले यसअघि नै सुहाङलाई उम्मेदवार बनाइसको छ ।

इलाम–२ बाट माओवादीका तीन जना नेताको नाम उम्मेदवारको रुपमा सिफारिस भएर आएको भए पनि कसलाई टिकट दिने भन्नेबारे आजको बैठकमा टुंगिएको छैन ।