काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृहमन्त्रालयमा कार्यरत निरौलालाई सरकारले अध्यागमन विभागमा पठाएको हो ।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ ।