![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा बुधबार बिहान निधन भएको हो ।
भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए । उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन् । सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ । स्व. सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)