‘व्यवस्था बद्लियो, अवस्था बद्लिएन’ भन्नु गलत भाष्य होः केपी शर्मा ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘ब्यवस्था बद्लियो, अवस्था बद्लिएन’ भनेर गलत भाष्य निर्माण भएको बताएका छन् ।

आज (सोमबार) नेपाली ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव (जिफन्ट) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतभन्दा अहिले मजदुरहरुको अवस्थामा निकै परिवर्तन आएको बताए । उनले यद्यपि सोचेअनुरुप भने नभइसकेको बताए ।


आफू नेतृत्वको सरकार भएको बेला कर्मचारीको पनि एकैचोटीमा २५ प्रतिशत तलब बृद्धि गरेको उनले स्मरण गराए । अहिले मजदुरहरुको पक्षमा जिफन्टले जोडदार आवाज उठाइरहेको उनले बताए । श्रमिकको पक्षमा उभिनुनै मानवतावाद भएको उनको भनाइ छ । अभावबाट उन्मुक्तितर्फ ध्यान दिनुपर्ने उनले बताए ।