लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

सोमबार पार्टी अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र विपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार संसदमा विश्वासको मत लिँदैछन् ।