राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ



काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरिन् । राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।


राष्ट्रियसभामा कांग्रेसबाट कृष्णप्रसाद सिटौला,आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत,पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट गरी १० जना सांसद राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द, नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल सांसद बनेका हुन्। नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिसभा सदस्यमा निर्वाचित भएका छन्।