मन्त्रालय बाँडफाँड लगायतको विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन



काठमाडौं । आज बनेको नयाँ सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँड लगायतको विषय टुंग्याउन कार्यदल गठन भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित वर्षमान पुन, रवि लामिछाने र उपेन्द्र यादव रहेको कार्यदल गठन गरेको हो ।


गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछन् । त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले आज एमालेका प्रमुख सचेतक पदम गिरी, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र माओवादी केन्द्रका हितबहादुर तामाङलाई मन्त्री नियुक्त गर्दैछन् । आज नियुक्त हुने मन्त्रीको शपथ साँझ ५ बजेका लागि तय भएको छ । प्रचण्डले यसबारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि जानकारी गराईसकेका छन् ।