काठमाडौं । पूर्वराज दम्पतीले राहदानी विभाग पुगेर राहदानी नविकरण गरेका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह राहदानी नविकरण गरेका हुन् ।
पूर्वराजदम्पती राहदानी विभाग पुगेर राहदनी नविकरण गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गरेका छन् ।
उनले तस्बिर सामाजिक संजालमा राख्दै लेखेका छन्, ‘राहदानी विभागमा स्वयं उपस्थित भएर राजा रानीले पासपोर्ट रिन्यु गर्ने कार्यको उच्च प्रशंसा गर्दछु । शालीन, भद्र र गरीमामय । हामीले परिकल्पना गरेको राजसंस्था यस्तै हो। जनताको राजा, नागरिक राजा । राहदानी विभागका राष्ट्रसेवकहरुको सम्मान पनि प्रशंसनीय लाग्यो ।’