पञ्जाबमा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु



बीबीसी । पञ्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ भने धेरैको अस्पतालमा उपचार भइरहेको छ ।

राज्यका एडीजी (कानून र व्यवस्था) गुरिंदर सिंह ढिल्लनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ ।


भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टीको सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ ।