नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा सहभागी हुने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा जान सकारात्मक रहेको बताए ।

उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ । कुनकुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्लाएक्लै बोलाएर छलफल गर्ने प्रकृया जारी छ ।’ अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरुमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए ।