जे सुकै परिवर्तन भए पनि ‘मिसन-२०८४’ छाड्दैनौं : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल भएपनि मिसन ८४ नछाड्ने बताएका छन् ।

सोमबार कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर नयाँ समीकरण बनेपछि जीफन्टको कार्यक्रममा पुगेका ओलीले भने, ‘जेसुकै परिवर्तन भएपनि हामी मिसन ०८४ छाड्दैनौँ । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’


उनले मिसन नले मिसन ०८४ भनेको चुनाव जित्नको लागि मात्रै नभएको जिकिर गरे । उनले थपे, ‘हामी एमालेलाई स्थापित निर्णायक तहमा विकास गर्दैछौं । त्यसको मापन के हो भने निर्वाचनबाट मात्रै हुन्छ । कति भोट कति सिट भन्ने कुराले कहाँनेर छ भन्ने कुरा निर्धारण गर्छ । त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा गर्छ । यथास्थितीवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश अफ्ठ्यारोमा पर्छ ।’

छिटोछिटो परिवर्तन हुन खोजीरहेको राजनीति कति प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा भर पर्ने उनको भनाइ छ । ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ । त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु’ उनले भने, ‘आज केही परिवर्तन हुन्छ । तपाईंहरुले यसो मोबाइलमा हेर्दै गर्नुभए हुन्छ ।’