विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ ।
अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो । धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । किशोरीको शव अहिले घोपास्थित पोष्टमार्टमका लागि राखिएकोे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।