घण्टी बजाएर रास्वपाले गर्‍यो इलाम-२ मा उम्मेवार घोषणा



इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु शनिबार इलाम पुगेर इलाम-२ का लागि उम्मेदवार घोषणा गरेको छ । वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले मिलन लिम्बूलााई चुवान चिन्ह घण्टी हस्तान्तरण गर्दै उम्मेदवार घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै घण्टी बजाइएको थियो ।


शनिबार मिलनको पक्षमा सभापति लामिछानेसहित माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नका लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम आएका छन् ।