काठमाडौँ । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरूवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृह सचिवमा सुरूवा गर्ने निर्णय गरेको हो । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए ।
त्यस्तै हाल गृहसचिव रहेका दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ ।