![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । गठबन्धनमा फेरबदल आएपछि कांग्रेस सरकारबाट बाहिरिने निश्चित भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए । देउवाले उक्त बैठकमा गठबन्धन टुटेको ब्रिफिङ गरे ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकलगत्तै कांग्रेसले भोलि (फागुन २२ गते) दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)