एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । सत्ता समीकरणमा फेरबदल आएसँगै पर्ख र हेरको अवस्थामा पुगेको एकीकृत समाजवादीले दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।

नयाँ राजनीतिक घटनाक्रमका विषयमा आज बस्ने सचिवालयको बैठकमा छलफल हुने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । नेकपा माओवादी केन्द्रले कांग्रेससँगको सहकार्य तोडेपनि नेकपा एसलाई भने सँगै लैजाने निर्णय गरेको छ ।