इजरायल राष्ट्रिय साइबर निर्देशनालयले भर्खरै पत्ता लागेका दुई वटा महत्वपूर्ण जोखिमलाई दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ ।
निर्देशनालयले विज्ञप्ति जारी गर्दै त्यसता कमजोरीहरू अमेरिकी कम्प्युटर नेटवर्क सुरक्षा विशाल फोर्टिनेटद्वारा निर्मित भिपिएन रिमोट पहुँच प्रणालीमा फेला परेको बताइएको छ । यसबाट हजारौं सङ्गठनको स्वामित्वमा रहेको लगभग ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।