सिङ्गापुरको कुल प्रजनन दर न्यून



सन् २०२३ मा सिङ्गापुरको कुल प्रजनन दर ०.९७ मा झरेको देखाएको छ । यो दर पहिलो यसरी तल झरेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बताएका छन् । अघिल्लो पाँच वर्षको अवधिको तुलनामा विगत पाँच वर्षमा कमै सिंगापुरवासीहरूले विवाह गर्ने र बच्चा जन्माउने गरेको इन्द्रानीले उल्लेख गरेका छन् ।

उनले कोभिड–१९ ले केही दम्पतीको विवाह र अभिभावकत्व योजनामा ढिलाइ, बच्चा हुर्काउनको लागि आर्थिक लागतको दबाब, काम–जीवन सन्तुलनको चिन्ता, र प्राथमिकताहरूमा पुस्ताको परिवर्तन जस्ता धेरै कारणहरूले गर्दा जनसङ्ख्या वृद्धिमा कमी आएको बताए । युवाहरूले विवाह वा अभिभावकत्वलाई जीवनको महत्त्वपूर्ण लक्ष्यको रूपमा हेर्न छोडेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको छ ।