काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न ७ सदस्य टिम मनोनीत गरेका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको सुरुआत गर्दै सभामुख घिमिरेले सांसद्को टिम छनोट गरेका हुन् ।
आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन् ।
सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको सभामुख घिमिरेले बताए ।