इस्लामावाद । पाकिस्तानमा पुर्व प्रधानमन्त्री शाहबाज शरीफ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी देखिएका छन् ।
पीएमएल-एन प्रमुख नवाज शरिफले आफ्ना भाई शाहबाजलाई नयाँ प्रधानमन्त्रीको रुपमा अगाडी सारेका हुन् । त्यस्तै नवाजले आफ्नो छोरी मरियम शरिफलाई पंजाब राज्यको मुख्यमन्त्रीको रुपमा अगाडी सारेका छन् ।
हालै सम्पन्न निर्वाचनमा दोस्रो ठुलो दल बनेको पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) के अध्यक्ष बिलावल भुट्टो जरदारीले आफुलाई प्रधानमन्त्रीको दौडबाट बाहिर राखेपछि नवाजले आफ्ना भाईलाई प्रधानमन्त्रीको रुपमा अगाडी सारेका छन् । भुट्टोले आफुहरु सरकारमा सामेल नहुने तर बाहिरबाट समर्थन गर्ने बताएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु मैदानमा उतारेर सबैभन्दा बढी सिट जितेका इमरान खानले भने सरकार गठनका लागि कसैसँग वार्ता नगर्ने बताएका छन् । पीटीआईले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएको हो ।
सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदारहरु ९३ जनाले जित हासिल गरेका छन् । त्यस्तै नवाज शरिफको पार्टी पीएमएल- एनले ७५ सिट जितेको छ भने बिलावलको पार्टी पीपीपीले ५४ तथा एमक्यूएम- पीले १७ सिट जितेको छ ।