किभ। रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ।
युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन्। तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्बजनिक नगर्ने जनाएका छन्।
सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए। तर रूससँगको युद्ध सुरू भएको दुइ बर्ष पुगेको अवसरमा उनले यो संख्या सार्बजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाएपछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्बजनिक गर्नु परेको बताएका छन्।
‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतवार टेलिभिजन सम्बोधनमा भनेका छन्। युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ।
बैदेशिक सहयोग र आपूर्तिको अभावले युक्रेनलाई युद्धको संख्यामा थप क्षतिमा पुर्याइरहेको छ। हामीले सम्भव र असम्भव सबै गर्छाैं तर समयमै आपूर्ति नहुँदा यसले हामीलाई हानि गर्छ,’ उनले भने।
जनवरीमा, युरोपेली संघले यी मध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताएपछि युक्रेनको अवस्था थप दयनीय हुन सक्ने जनाइएको छ।