राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् ।


त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ष्ट्रिय सरोकार तथा समन्वय समिति तहगत अन्तरसम्वन्ध र सबन्ध बिषयक अध्ययन प्रतिवेदन २०८०’ पेस गर्नेछन् । 

विधायन व्यवस्थापन समितिकका सभापति जयन्ती देवी राइले ‘विधायन सम्वन्धी विधेयक २०८०’ को प्रतिवेदन पेश गर्नेछन भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘सम्पत्ति शुद्धीकरण  (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक वातावरणा प्रबर्दन सबन्धी केही ऐनलाइ संसोधन गर्ने बिधेयक २०७९लाइ दफावार छलफलका लागि बिधानय ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

साथै, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन बिधेयक २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।