काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ ।
आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।