राष्ट्रिय सभाको २ महिनाको सम्भावित कार्यसूची स्वीकृत



काठमाडौं । राष्ट्रिय सभाको दुई महिनाको सम्भावित कार्यसूची स्वीकृत भएको छ । माघ र फागुनमा गर्ने कार्यहरुको सम्भावित तालिका स्वीकृत भएको हो ।

शुक्रबार बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माग र फागुन महिनाको सम्भावित कार्यसूची स्वीकृत गरेको हो । सरकारले सोमबार दिउँसो ४ बजेका लागि संघीय संसद्को दुवै सभाको अधिवेशन आह्वान गरेको छ ।


बैठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व जानकारी गराएमा कार्यतालिका बनाउन सहज हुने निष्कर्ष पनि निकालेको छ ।

संसदको आउने अधिबेशनमा सरकारले कतिवटा, के कस्ता बिद्येयक दर्ता गराउने हो सो बिषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।